काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल खावा) सडक निर्माणको प्रगतिबारे स्थलगत निरीक्षण गरेका छन्।
अनुगमनको क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरेका थिए।
चाडपर्व नजिकिँदै गर्दा सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सुचारु राख्न उनले निर्देशन दिए। साथै, आयोजनासम्बन्धी निर्णय बाँकी रहेका विषय तुरुन्त निर्णय गर्न, जनशक्ति र उपकरण थपेर निर्माण कार्य पूर्ण रूपमा परिचालित गर्न, र चालू आर्थिक वर्षभित्रै सडक विस्तार सम्पन्न गर्न उनले जोड दिएका छन्।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया