काठमाडाैं । झापामा चार वर्षीया बालिकाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार झापा गाउँपालिका– ३ झाँटी निवासी मानबहादुर दर्जीकी चार वर्षीया छोरी विष्णुमाया दर्जीको डुबेर मृत्यु भएको हो ।

उनका अनुसार विष्णुमायाको सानो माईखोलामा डुबेर मृत्यु भएको हो । आइतबारदेखि हराइरहेकी उनको खोजतलास गर्ने क्रममा आज घर नजिकैको सानो माईखोलामा डुबेको अवस्थामा शव फेला परेको नायब उपरीक्षक खड्काले जानकारी दिए ।

advertisement

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली खटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शवपरीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको बताइएको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com