काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय जेन-जी आन्दोलनका क्रममा भएको आगजनीमा क्षतिग्रस्त भएपछि पुनले केशर महलस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन्।
मन्त्री पुनसँगै आज अन्य तीन नवनियुक्त मन्त्रीहरूले पनि आफ्नो–आफ्नो मन्त्रालयको कार्यभार सम्हालेका छन्। राष्ट्रपति शीतल निवासमा सम्पन्न शपथग्रहण समारोहपछि पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारले पनि पदभार ग्रहण गरिसकेका छन्।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया