काठमाडौं । तीन मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनिलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि उनले सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औपचारिक रूपमा जिम्मेवारी सम्हाले।

advertisement

मन्त्री सिन्हालाई उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि कानुन मन्त्रालयको कार्यभार गृहमन्त्री ओमप्रकाश अर्यालले सम्हाल्दै आएका थिए। प्रधानमन्त्री सुशीला कार्कीले यो मन्त्रालय सिन्हालाई जिम्मा लगाएकी हुन्।

सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश समेत हुन्।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com