काठमाडौं । नवनियुक्त सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले मन्त्रालयले तयार पारेको पहिलो प्रस्तावमा हस्ताक्षर नगरी संशोधन गर्न निर्देशन दिएका छन्।
सोमबार शपथ ग्रहणपछि मन्त्रालय पुगेका मन्त्री खरेललाई अधिकारीहरूले पहिलो निर्णयका रूपमा दुई महिनाभित्र काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क वाईफाइ सेवा उपलब्ध गराउने प्रस्ताव पेस गरेका थिए।
तर, मन्त्री खरेलले उक्त प्रस्तावलाई सीमित नभई आगामी पाँच महिनाभित्र सातै प्रदेशका प्रमुख सहरका सार्वजनिक स्थलहरूमा पनि वाईफाइ विस्तार गर्ने गरी परिमार्जन गर्न आदेश दिएका छन्।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया