काठमाडौं । तीन वटा मन्त्रालयको जिम्मेवारी पाएका नवनियुक्त मन्त्री अनिलकुमार सिन्हा पदभार ग्रहणको क्रममा जेन–जी आन्दोलनका सहिदलाई सम्झिँदै भावुक बनेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएर सिंहदरबारस्थित उद्योग मन्त्रालय पुगेका मन्त्री सिन्हा जेन–जी आन्दोलनका तस्वीरहरू सम्झँदै बोल्दाबोल्दै भक्कानिएका थिए।
‘जेन–जी आन्दोलनका केही तस्वीर मैले देखेको छु, अहिले पनि ती दृश्यले मन पोल्छ,’ उनले भावुक हुँदै भने।
मन्त्री सिन्हाले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आगामी दिनमा उनीहरूले दिएको आहुति र योगदान खेर जान नदिने प्रतिवद्धता जनाए। ‘उहाँहरूले दिएका बलिदान र देन व्यर्थ हुन दिने छैनौँ,’ उनले स्पष्ट पार्दै भने।
प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार













प्रतिक्रिया