काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले शहीद परिवारलाई रोजगारी दिन उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्।

सोमबार मन्त्रालयमा पदभार सम्हाल्दै उद्योगसँगै कानून न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका उनले यस्तो बताएका हुन्। जेन—जी आन्दोलनमा सहादत प्राप्त गरेका तथा घाइते भएकाहरूको परिवारलाई रोजगार दिनसके उनीहरूलाई केही सहज हुने उनले बताए।

advertisement

उनले युवाहरूको सीप विकासमा सबैभन्दा बढी आफ्नो ध्यान रहने पनि बताए। वैदेशिक रोजगारीमा गएका युवाहरूलाई देश फर्केर देशभित्रै रोजगारी दिने वातावरण निर्माण गर्नुमा आफ्नो जोड हुने उनको भनाइ छ। उनले आफू कानून क्षेत्रमा रहँदा पनि कर, वैदेशिक लगानी तथा उद्योग वाणिज्य सम्बन्धी विषयमा नै काम गरेको बताए।

उनले भने, ‘जो अहिले सहादत प्राप्त गर्नुभएको छ, घाइतेहरू हुनुहुन्छ, उहाँहरूलाई देशमा भएका उद्योग, उद्यमीहरू जति हाल चलिरहेको छ या चलाइरहेको छ। उहाँहरूलाई म आह्वान गर्न चाहन्छु, उहाँहरूको परिवार कसैलाई रोजगारी दिने। त्यो भएपछि केही हदसम्म पनि उहाँहरूलाई सान्त्वना हुन्छ कि भन्ने जस्तो लागेको छ। त्यतातिर म एकचोटि छलफल गर्छु।’

उनले सरकारी निकायमा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने, अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्न पहल गर्ने निर्णय गरेका छन्।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com