काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयमा ठोस नतिजा ल्याउने उद्देश्यसहित कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पुनले अनावश्यक र नाम मात्रका समिति गठनमा आफू रुचि नरहेको स्पष्ट पारे। उनले भने, ‘हाजिर हुने, दुई–चार पटक मिटिङ बस्ने, पद मात्र लिने र भिजिटिङ कार्डमा नाम लेख्ने जस्ता नाम मात्रको समितिको आवश्यकता छैन। अब वास्तविक काम हुनुपर्छ।’

advertisement

पुनले कर्मचारीहरूलाई पटकपटक निर्देशन दिँदै टिओआर (Terms of Reference) मा हस्ताक्षर गर्नु अघि कामको परिणाममुखीता सुनिश्चित गर्न आग्रह गरे।

उनले विद्यालय शिक्षा ऐनको सुधारका लागि विज्ञहरूको टोली गठन गर्ने बताए। पत्रकारको प्रश्नमा मन्त्री पुनले भने, ‘वर्तमान शिक्षा ऐन कस्तो छ भन्ने पूर्ण जानकारी छैन। यसका लागि विज्ञहरूको समूह बनाएर सुझाव लिनेछु र सोही अनुसार अगाडि बढ्नेछु।’

संसद् विघटन भएपछि सबै संसदीय समितिहरू निष्क्रिय भएको अवस्थालाई दृष्टिगत गर्दै उनले विज्ञहरूलाई इमान्दारितापूर्वक सल्लाह दिन आग्रह गरे।

मन्त्री पुनले काम गर्दा १६–३० वर्ष उमेर समूहका युवा पुस्तालाई विशेष रूपले सहभागी गराउने योजना भएको जानकारी दिए। जेन–जेड पुस्ताले उठाएका भ्रष्टाचार उन्मूलन र सुशासनका मुद्दाहरू आफ्नो मन्त्रालयको प्राथमिकतामा रहने उनले बताए।

त्यसैगरी, उनले बाहिर भेट हुँदा आफूलाई “मन्त्री” भनेर सम्बोधन नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन्, जसले कामको सरलता र केन्द्रित ध्यान सुनिश्चित गर्ने बताइएको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com