काठमाडौं। काठमाडौं महानगरपालिकाले यस वर्ष २० हजार २८२ जना विद्यार्थीलाई करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको छ। महानगरका अनुसार, कानुन कार्यान्वयनको तेस्रो वर्षमा यो छात्रवृत्ति वितरणमा अहिलेसम्मकै उच्च सफलता हासिल भएको छ। पहिलो वर्ष १३ हजार र दोस्रो वर्ष १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका थिए।

यस वर्ष कक्षा १–१० का १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३ सय २ विद्यार्थीले छात्रवृत्ति पाएका छन्। काठमाडौं महानगरभित्र हाल करिब ४४० वटा विद्यालयले मात्र छात्रवृत्ति वितरणको विवरण महानगरपालिकामा बुझाएका छन्। महानगरले बाँकी विद्यालयलाई छिटोभन्दा छिटो विवरण पेश गर्न अनुरोध गर्दै, तोकिएको समयमा विवरण नपठाएमा ती विद्यालयलाई ‘बन्द विद्यालय’ मान्दै काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम अनुमति वा स्वीकृति खारेज गरी कारबाही गर्ने चेतावनी दिएको छ।

advertisement

महानगरले छात्रवृत्ति वितरण विवरण बुझाएका विद्यालयहरूलाई समेत अनुगमन गरी विवरणमा कुनै फरक भेटिए कानुन बमोजिम कारबाही गरिने जनाएको छ।

जानकारी अनुसार, कक्षा ११ को छात्रवृत्ति केन्द्रीय प्रणालीमार्फत वितरण गरिएको छ भने, कक्षा १–१० का छात्रवृत्ति ऐनको दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार विद्यालय व्यवस्थापन समितिले वितरण गरेको विवरण महानगरपालिकामा प्राप्त भएको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com