काठमाडौं । झापाको दमक नगरपालिका–५ आम्दा रोडस्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकलले एक पैदलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।

विहान करिब ९ बजे आम्दाबाट क्याम्पस मोडतर्फ जाँदै गरेको मे १० प १५७१ नम्बरको मोटरसाइकलले सडकमा हिँडिरहेकी सोही नगरपालिका–५ बस्ने ४२ वर्षीया देवी बिकलाई ठक्कर दिएको थियो ।

advertisement

ठक्करबाट गम्भीर घाइते भएकी बिकलाई उपचारका लागि खरखरे आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका–६ का २३ वर्षीय निराजन विष्टलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com