काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार र राज्य संयन्त्रको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन्।

समाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘यदि सबै कुरा ठिकै थियो भन्ने दाबी भ्रम मात्र होइन भने यस्तो परिस्थिति किन आयो? के यो भूकम्प, सुनामी वा टाइफुनजस्तो आकस्मिक प्रकोप थियो? राज्य संयन्त्र बेखबर थियो कि बेपरवाह?’

advertisement

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि ओली सरकार पतन भएलगत्तै बास्कोटाले यस्तो टिप्पणी गरेका हुन्। उनले अझ थप्दै भनेका छन्, ‘यदि कारण पत्ता लगाउने, समीक्षा गर्ने र सुधारको बाटो तय गर्ने कुरा गर्नै सकिँदैन भने यो वेक–अप कललाई डिलिट गर्नु सरह हुनेछ।’

 

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com