काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले संसद् पुनर्स्थापना माग गर्न नहुने बताएका छन्। उनले आज एक कार्यक्रममा निर्वाचन मिति घोषणा भइसकेकाले यसबारे माग अघि बढाउन उपयुक्त नहुने उल्लेख गरे।
शर्माले भने, ‘पार्टीभित्र कतिपय नेताले संसद् पुनर्स्थापनाको पक्षमा छन्, तर जटिल परिस्थितिमा राष्ट्रपतिले नयाँ सरकार बनाएर निर्वाचनको तयारी गर्न दलहरूलाई निर्देशन दिइरहेका छन्।’
उनले जेन–जि आन्दोलनका मागप्रति समर्थन रहेको भए पनि आन्दोलनपश्चात गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा जेन–जि प्रतिनिधि सहभागी नभएको प्रति आपत्ति व्यक्त गरे। उनले भने, ‘बलिदान दिने बेला जेन–जि र परिवर्तनका लागि लड्ने बेला जेन–जि भए पनि सरकारमा उनीहरूको प्रतिनिधित्व बिना पूर्णता दिने कुरा गम्भीरतापूर्वक विचार गर्नुपर्छ।’
महामन्त्री शर्माले आवश्यक परे केन्द्रीय समितिले वा ४० प्रतिनिधिले विशेष महाधिवेशनको माग गरे कांग्रेसको महाधिवेशन आयोजना गर्न सकिने धारणा पनि व्यक्त गरे।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार













प्रतिक्रिया