काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन्। मंगलबार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेका उनले पदभार सम्हाल्दै कानुन निर्माण प्रक्रियालाई सहज र नागरिकले बुझ्नेगरी स्पष्ट भाषामा तयार पार्ने पहिलो निर्णय सार्वजनिक गरे।

सिन्हाले जेन–जी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारमुक्त राष्ट्रको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र मुलुकमै रोजगारीको अवसर सिर्जना गर्न आवश्यक कानुन संशोधन गरिनेछ।

advertisement

“यो सरकार चुनावी सरकार हो। तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक कानुनी व्यवस्थाहरू तत्काल तयार गर्नुपर्छ,” उनले भने। आवश्यक परे अध्यादेशमार्फत समेत कानुन संशोधन गरेर निर्वाचन सुनिश्चित गरिने उनको भनाइ छ।

सिन्हाले निर्वाचनसम्बन्धी कानुनमा सुधार गर्नुका साथै सुशासनसम्बन्धी कानुनलाई समयानुकूल परिमार्जन गर्ने योजना सार्वजनिक गरे।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com