काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिगमन र असंवैधानिक गतिविधिविरुद्ध समान सोच राख्ने राजनीतिक शक्तिसँग कार्यगत एकता वा समन्वय कायम गर्ने निर्णय गरेको छ।

बुटवलमा बसेको केन्द्रीय बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ कि केन्द्रीयस्तरमा समझदारी भएपछि जिल्लास्तरमा पनि आवश्यक परे सहकार्य वा तालमेल गर्न सकिनेछ। तर, त्यस क्रममा राजावादी र कथित स्वतन्त्र पार्टीसँग कुनै पनि प्रकारको सहकार्य हुनेछैन।

advertisement

विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक रूपमा मन्त्रिपरिषद् गठन, संसद्को विघटन जस्ता घटनामा जिल्लास्तर वा जन वर्गीय मोर्चाको स्तरमा आफ्नो धारणा सार्वजनिक गर्न सकिन्छ। तर राजावादी वा स्वतन्त्र पार्टीसँग कुनै तालमेल हुने छैन।’

साथै, राष्ट्रपति द्वारा अन्तरिम सरकारले छ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने कार्यादेश दिएको विषयलाई ध्यानमा राख्दै, आगामी केन्द्रीय समितिको बैठकले निर्वाचनसम्बन्धी ठोस निर्णय लिने तयारीमा रहेको जनाइएको छ।

बैठकले जेनजी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com