एजेन्सी । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले न्युयोर्कमा एसियाली समकक्षीहरूसँगको वार्तामा इन्डो–प्यासिफिकमा शान्ति र स्थिरताका लागि संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानबीचको त्रिपक्षीय सम्बन्ध ‘महत्त्वपूर्ण’ रहेको बताएका छन् ।

रुबियोले दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र जापानी विदेशमन्त्री ताकेसी इवायासँग संयुक्त राष्ट्र महासभाको साइडलाइनमा भएको त्रिपक्षीय बैठकपछि सामाजिक सञ्जालमा सो टिप्पणी गरेका हुन् ।

advertisement

उनले भने, ‘हाम्रो त्रिपक्षीय साझेदारी इन्डो–प्यासिफिकमा शान्ति र स्थिरता प्रवद्र्धन गर्न र आर्थिक तथा सुरक्षा सहयोग अगाडि बढाउन महत्त्वपूर्ण छ ।’

उक्त वार्ता वासिङ्टन, सियोल र टोकियोले उत्तर कोरियाको बढ्दो आणविक र क्षेप्यास्त्र कार्यक्रमबीच सहकार्य गहिरो बनाउन जारी राखिरहेका बेला सम्पन्न भएको हो ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com