काठमाडौँ । चितवनको तुइनखोलामा ठूलो सुक्खा पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। हिजो दिउँसो पहिरो खसेकोमा बेलुका थप पहिरो खस्दा सडक खुलाउने काम अझै ढिलिने भएको हो।

सडक तत्काल नखुल्ने भएकाले जिल्ला प्रशासन कार्यालय, चितवनले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

advertisement

वैकल्पिक मार्गहरू:

🔹 पूर्व–पश्चिम राजमार्गतर्फ:

  • महोत्तरीको बर्दिवास

  • मकवानपुरको हेटौंडा

  • रुपन्देहीको बुटवल

  • नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीगैंडाकोट

  • धादिङको नौबिसे

  • तनहुँको खैरेनीटार

🔹 चितवन–काठमाडौं (साना गाडीका लागि):

  • जुटपानी – शक्तिखोर – मायाटार – हुग्दीखोला मार्ग प्रयोग गर्न सकिनेछ।

🔹 धादिङ–हेटौंडा (साना गाडीका लागि):

  • धादिङको नौबिसे बाट त्रिभुवन राजपथ हुँदै मकवानपुरको हेटौंडा पुग्न सकिनेछ।

🔹 हेटौंडा–काठमाडौं:

  • भैंसे – भीमफेदी – कुलेखानी – सिस्नेरी – दक्षिणकाली मार्ग प्रयोग गर्न सकिनेछ।

  • ठूला सवारीका लागि: कान्ति लोकपथ प्रयोग गर्न सुझाव दिइएको छ।

🔹 चितवन–पोखरा:

  • साना तथा ठूला दुवै गाडीले बुटवल हुँदै पोखरा जान सक्नेछन्।

🔹 चितवन–तनहुँ (साना गाडीका लागि):

  • गैंडाकोट – भिमाद – कालीगण्डकी करिडोर हुँदै तनहुँ पुग्न सकिनेछ।

लगातार पहिरोको कारण जोखिम

तुइनखोलामा लगातार ढुङ्गा खसिरहेको र पहिरो नरोकिएकोले यात्रु र चालकहरूलाई सास्ती भइरहेको छ। सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार आज बिहानदेखि बाटो खुलाउने प्रयास थालिएको छ, तर पहिरोको अवस्था हेर्दा समय लाग्ने निश्चित छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com