काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज पनि जारी रहने भएको छ। हिजो सुरु भएको बैठक बाँकी एजेन्डामा छलफल गर्नका लागि आज दिउँसो पुनः निरन्तरता दिइने भएको हो।
पार्टीका प्रवक्ता मनीष झाका अनुसार बैठक आज दिउँसो १ बजेबाट पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सुरु हुनेछ। उनले बैठकको बारेमा जानकारी दिँदै हिजोको बैठक अधुरो रहेको र बाँकी विषयमा छलफल गर्न आजको बैठक आयोजना गरिएको बताए।
प्रवक्ता झाका अनुसार अहिलेसम्म करिब १० सदस्य तथा पदाधिकारीहरूले बोल्न बाँकी रहेको छन्। बैठकमा सबै सदस्यहरूलाई बोल्न समय दिइँदैछ, जसका कारण छलफल लम्बिएको हो। बाँकी रहेका तीन एजेन्डामा पनि आजै छलफल गरिने कार्यक्रम छ।
उनले अनुमान गरेअनुसार बैठक आज करिब ५ देखि ६ घण्टासम्म चल्न सक्नेछ। बैठकमा पार्टी संगठन, नीति, कार्यक्रम लगायतका विषयमा छलफल भइरहेको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया