तेहरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले देशले आणविक हतियार विकास गर्ने कुनै योजना नराखेको स्पष्ट पारेका छन्। तर उनले युरेनियम संवर्द्धन भने निरन्तर जारी रहने बताएका छन्।

बीबीसी उर्दूका अनुसार, इरानी रेडियो र टेलिभिजनमार्फत प्रसारित सम्बोधनमा खामेनीले तीन मुख्य विषयमा जोड दिए – राष्ट्रिय एकता, युरेनियम समृद्धि र संयुक्त राज्य अमेरिकासँगको सम्बन्ध।

advertisement

उनका अनुसार, अमेरिकासँगको वार्ताले कुनै परिणाम नदिने मात्र नभई हानिकारक हुने देखिएको छ। ‘धम्की पाएको अवस्थामा कुनै देश वार्ता गर्न सक्दैन, खामेनीले भने, ‘इरानी जनताले पनि यस विषयमा सम्झौता गर्ने कुरा स्वीकार गर्ने छैनन्।

अमेरिकाले इरानको आणविक कार्यक्रम बन्द गर्नुपर्ने दाबी गरिरहेका बेला खामेनीको भनाइ आएको हो। उनले इरानसँग हाल कुनै पनि आणविक हतियार नभएको र भविष्यमा पनि यसलाई विकास नगर्ने प्रतिबद्धता दोहोर्याए।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com