काठमाडाैं । भारतबाट नेपाल ल्याउँदै गरेको स्रोत नखुलेको ठूलो मात्रामा नगदसहित एक व्यक्ति विराटनगरमा पक्राउ परेका छन्।

मंगलबार विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएर उनको साथबाट नेपाली १४ लाख ५० हजार रुपैयाँ बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्।

advertisement

उनका अनुसार अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको असई जागेन्द्र फुयाँल नेतृत्वको टोलीले भारततर्फबाट शंकास्पद रूपमा नेपाल प्रवेश गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा सो रकम फेला परेको हो।

साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीका निरीक्षक कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान सुरु गरेको छ। बरामद रकम हुण्डी कारोबारसँग सम्बन्धित भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com