काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले अहिले आफू मन्त्रालयमा सिर्जनशील टिम बनाउन व्यस्त रहेको जानकारी गराउँदै फोन र मेसेज नगर्न आग्रह गरेका हुन् ।
‘अनुरोध – अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा र ह्वाट्सएपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनुहोला ।’ मन्त्री पुनले भनेका छन् ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया