चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा गएको पहिरोले पोखरा–काठमाडौं आवागमनमा समेत प्रत्यक्ष असर पारेको छ।

पहिरोका कारण मुग्लिनतर्फ सवारीसाधन ठप्प भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुने पोखरा–काठमाडौं खण्डमा अत्यधिक चाप बढेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड का अध्यक्ष ऐनकुमार साईले जानकारी दिएका छन्। उनका अनुसार जामका कारण यात्रुलाई समयमा गन्तव्यमा पुर्‍याउन कठिनाइ भइरहेको छ।

advertisement

हाल मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ। साईका अनुसार पश्चिम नेपाल जाने धेरै सवारीसाधन पोखरा हुँदै गुज्रन थालेपछि पृथ्वीराजमार्गमा दबाब असामान्य बनेको हो।

सधैंजसो कम्पनीका करिब ४०० बसले पोखरा–काठमाडौं मार्गमा सेवा दिँदै आए पनि पछिल्ला दिनहरूमा मागसँग जुध्न कठिन भइरहेको उनको भनाइ छ।

दसैं नजिकिँदै गर्दा यात्रुको चाप असामान्य रूपमा बढ्ने भएकाले सडक अबरुद्ध हुँदा आवतजावत अझै चुनौतीपूर्ण बनेको उनले बताए।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com