काठमाडौं । ललितपुरको नख्खु कारागारबाट फरार भएका शिव शिखर सहकारीका अध्यक्ष केदारनाथ शर्मा पुनः पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार सानेपाबाट उनलाई पक्राउ गरी नख्खु कारागारमै बुझाएको सीआईबीका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए।

advertisement

शर्मा सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका थिए। यसअघि २०८० असार १२ गते पनि सीआईबीले उनलाई भारतको मुम्बईबाट पक्राउ गरेको थियो।

सहकारी ठगीसँगै उनको विरुद्धमा २२ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा समेत दायर गरिएको छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com