काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्।
बुधबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले औपचारिक रूपमा राजीनामा पेश गरेका हुन्। सोही बैठकले केन्द्रीय समिति विघटन गरी पार्टीलाई विशेष महाधिवेशनतर्फ लैजाने निर्णय गरेको छ।
महाधिवेशन तयारीका लागि आयोजक समिति गठन गर्ने निर्णयसमेत भएको छ। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई प्रस्ताव गर्ने तयारी गरिएको छ।
प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार













प्रतिक्रिया