गोरखा ।  गोरखामा प्रहरीले बन्दुकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–३, आँपपीपलस्थित मैवलका ६३ वर्षका रामबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

नायब उपरीक्षक सुवेदीका अनुसार रानामगरको घरबाट प्रहरीले एकनाले भरुवा बन्दुक दुई थान, त्यसमा प्रयोग हुने बारुद तथा फलामको गजसमेत बरामद गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले गएराति उनको घरमा खनतलासी गरेको थियो । पक्राउ परेका रानामगरमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

advertisement

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com