काठमाडौं । धादिङ जिल्लाको बेनिघाट गाउँपालिका–१०, जवाङखोलामा खसेको पहिरो हटाइएपछि बिहानदेखि सडक यातायात पुनः सञ्चालनमा आएको छ। बिहान ३ बजे सडक अवरुद्ध गर्ने ठूलो सुक्खा पहिरो पन्छाएसँगै सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
मंगलबार बिहान खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि बुधबार साँझ सोही ठाउँमा फेरि पहिरो खस्दा आवागमन ठप्प भएको थियो। यससँगै धुनिबेसी नगरपालिका-१० को ठूलोखोला–धार्के-सीतापाइला सडक खण्ड र बेनिघाट रोराङ-१० को बाँदरेमोडमा समेत ढुंगामाटोसहितको पहिरो खसेपछि दुईतर्फी सवारीसाधन अवरुद्ध भएको थियो।
यसबीच तुइन खोलानजिक पहिरो खसेपछि मुग्लिङ-नारायणगढ सडकखण्ड पनि रोकिएको छ। काठमाडौं प्रवेश गर्ने मुख्य नाका मानिने काठमाडौं-मुग्लिङ र मुग्लिङ-नारायणगढ दुवै खण्ड बन्द हुँदा यात्रुहरू लामो समयसम्म सडकमै अल्झिनु परेको छ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया