काठमाडौं । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री सुशीला कार्कीले दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएकी हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले आज पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

advertisement

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएपछि भदौ २७ गते प्रधानमन्त्री पदमा नियुक्त भएकी पूर्व प्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com