काठमाडौं । चर्चित लेखक दिल निसानी मगर महावीर पुनको सामान्य जीवनशैलीले सामाजिक सञ्जाल र मिडियामा व्यापक ध्यान तानेको बेला, केही आवाजहरूले पत्रकारहरुलाई अनावश्यक ‘ग्लोरिफिकेसन’ भन्दा सन्तुलित दृष्टिकोण अपनाउन आग्रह गरेका छन्।
हालै सामाजिक सञ्जालमा प्रसारित पुनको मन्त्रालयमै सुतेको भिडियोले आम जनताको ध्यान तानेको थियो। तर, यस्ता जीवनशैलीलाई नेपाली ग्रामीण समुदायको सामान्य दैनिकीका रूपमा हेर्नुपर्नेमा मगरले जोड दिएका छन्।
‘नेपालका अधिकांश ग्रामीण बासिन्दाहरूको दिनचर्या महावीर पुनको जस्तै हुन्छ,’ मगर भन्छन्, ‘उनीहरू उज्यालो हुन नपाउँदै घाँस काट्न जान्छन्, वर्षौंदेखि एउटै लुगा लगाउँछन्, गोठमा सुत्छन्।’
विशेषगरी, युद्धपीडित युवा पुस्ता– विशेषतः हालैका जेनरेशन जेड (Gen Z) का घाइतेहरू–का जीवन यापनमा समेत मिडियाले समान ध्यान दिनुपर्नेमा गनले जोड दिएका छन्।
‘काठमाडौंका कोठामा डेरामा बसेका घाइते युवाहरू अझै औषधि उपचारको प्रतिक्षामा छन्। सिमेन्टको चिसो कार्पेटले घाउ बढाएको हुन सक्छ, धाराको फोहोर पानीले संक्रमण फैलिएको हुन सक्छ,’ उनीहरू भन्छन्।
तथापि, यस्ता अवस्था भने मिडियाको प्राथमिक समाचार बन्न सकेका छैनन्। ‘कोही डाक्टरको निगरानीमा छन्, कोहीको खुट्टा छैन, कोहीले आँखा गुमाएका छन्, कोहीको घाटीबाट गोली निस्किएको छ।’ उनीहरूको अनुसार, यस्ता युवाहरूलाई मानसिक परामर्श आवश्यक पर्न सक्छ, तर त्यो पक्ष ओझेलमा परेको छ।
पत्रकारहरूलाई गम्भीर र प्राथमिक पक्षहरूमा केन्द्रित हुन आग्रह गर्दै, उनीहरूले भने, ‘महावीर पुन परिपक्व नागरिक हुन्। एक पाको व्यक्ति भोकले मर्दैन। तर जेनजीका युवाहरू अझै कमजोर अवस्थामा छन्।’
अन्ततः, निसानी भन्छन्, ‘को कसले ढिँडो खायो, चप्पल लगायो, वा कपडा किनेन भन्ने चर्चा भविष्यमा पनि गर्न सकिन्छ। अहिलेको ध्यान आवश्यक सहायतामा हुनुपर्छ।’
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार













प्रतिक्रिया