काठमाडौं । २०८२ साल भदौ २४ गतेको आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको कोटेश्वर प्रहरी प्रभाग पुनर्निर्माण सम्पन्न भएसँगै त्यहाँ पुनः प्रहरी परिचालन गरिएको छ ।
बिहीबार आयोजित विशेष कार्यक्रममा पूजाआजा गर्दै प्रभागलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । सो अवसरमा स्थानीयवासी तथा उपस्थित अतिथिहरूले प्रभागमा फर्किएका प्रहरीलाई फूलमाला अर्पण गरी स्वागत तथा सम्मान गरे । कार्यक्रमकै क्रममा आन्दोलनमा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो ।
भदौ २४ को आन्दोलनमा देशभरका सयौँ प्रहरी कार्यालयमा आगजनी र तोडफोड भएको थियो । क्षतिग्रस्त भएका चौकी र प्रभागहरू अहिले स्थानीय समुदाय र विभिन्न दाताको सहयोगमा क्रमशः पुनर्निर्माण हुँदै पुनः सञ्चालनमा आउन थालेका छन् ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार












प्रतिक्रिया