काठमाडौं । नेपाली कांग्रेसका नेता दिव्यमणि राजभण्डारीले सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग गरेका छन्।

राजभण्डारीले सो रकमको चेक प्रधानमन्त्री सुशीला कार्कीलाई हस्तान्तरण गरेका हुन्। कोष स्थापना जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि गरिएको हो।

advertisement

राजभण्डारीले बताए अनुसार, यस सहयोगको सदुपयोगले शहीदहरूको आत्मालाई शान्ति मिल्ने विश्वास रहेको छ। साथै, उनले अरूलाई पनि सरकारले आव्हान गरेको कोषमा योगदान दिन आग्रह गरे।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com