काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेकी एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या ७५ पुगेको छ। पर्सा, वीरगञ्जस्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने ४५ वर्षीया कौशिला देवी दुसाद्नीको कीर्तिपुरस्थित बर्न अस्पतालमा बिहीबार उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, भदौ २४ गते भएको रुङ्गाटाको घरमा आगजनी प्रदर्शनकारीहरूले गरेका थिए। भदौ २३ र २४ को प्रदर्शनमा अहिले सम्म प्रहरीतर्फ तीन जनाको मृत्यु भएको छ—असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा।

advertisement

यस्तै, नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थल तथा अस्पतालमा २१ प्रदर्शनकारीको मृत्यु भएको छ। मृतकमध्ये बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ रहेका छन्।

यसैगरी, कैदीबन्दी र बालबन्दीमा १० जनाको मृत्यु भएको जनाएको छ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com