काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठन भएको छोटो समयमै विगतमा भएका भ्रष्टाचारका घटनाबारे प्रष्ट जानकारी प्राप्त भएको बताएकी छन्।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आवश्यक छानबिन गरेर दोषीमाथि कानूनी कारबाही अघि बढाइने प्रतिबद्धता जनाइन्। ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका विषयमा छोटो समयमा आवश्यक जानकारी पाइसकेको छ। यसको आधारमा छानबिन गरी दोषीमाथि कानूनी प्रक्रिया अघि बढाइनेछ,’ उनले भनिन्।

advertisement

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com