काठमाडौँ । व्यङ्ग्य र हास्यका माध्यमबाट समाजलाई झस्काउने कार्टुनिस्ट एवम् कलाकार आशिष खनाल ‘माड्साब’ अब रियालिटी शोमा देखिने भएका छन्। हालै प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘८२ सालको गाइजात्रा’ कार्यक्रमअन्तर्गत प्रस्तुत ‘वेडरुममा विचौलिया’ नामक प्रहसनमा काठमाडौँ महानगरका मेयर बालेन साहको भूमिका मार्फत दर्शकको मन जितेका उनी अब स्ट्यान्ड–अप कमेडीमा डेब्यु गर्न लागेका हुन्।

प्राप्त जानकारीअनुसार जनता टेलिभिजनबाट प्रशारण हुने नयाँ रियालिटी शो ‘कमेडी किरो, राष्ट्रको हिरो’ मार्फत माड्साबले आफ्नो स्ट्यान्ड–अप कमेडीको यात्रा सुरु गर्ने तयारी गरेका छन्। यस शोमा देशभरका नयाँ र प्रतिभावान् हास्य कलाकारलाई प्रतिस्पर्धात्मक ढङ्गमा प्रस्तुत गरिनेछ भने माड्साबको उपस्थिति कार्यक्रमको मुख्य आकर्षण हुने अपेक्षा गरिएको छ।

advertisement

माड्साबले गाइजात्रादेखि नै व्यङ्ग्यात्मक पात्र मार्फत समसामयिक विषयलाई छेड्ने काम गर्दै आएका छन्। अब टेलिभिजनको लोकप्रिय प्लेटफर्ममार्फत दर्शकलाई अझ नजिकबाट हसाउने र सोच्न बाध्य पार्ने योजना बनाएका उनले हिजोआजकै विषयलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गर्ने संकेत दिएका छन्।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com