काठमाडौं । नारायणगढ-मुग्लिन सडक ५४ घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ। तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन (करिब ५४ घण्टा) पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएकाे हाे ।

भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेकाे छ।

advertisement

गत मंगलबार दिउँसो ४ः५५ बजे ठुलो पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। सोही क्षेत्रमा यसअघि पनि शुक्रबार साँझ पहिरो जाँदा सडक करिब ४५ घण्टा ठप्प भएको थियो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com