काठमाडौं । ठगी आरोपमा इन्टरपोलमार्फत रेड नोटिस जारी भएकी एक नेपाली महिला संयुक्त अरब इमिरेट्स (युएई) मा पक्राउ परेकी छन्। प्रहरीले उनलाई बिहीबार नेपाल ल्याएको हो।

पक्राउ परेकी महिला धनुषा, जनकपुरधाम उपमहानगरपालिका–१६ बसोबास गर्ने र सिन्धुली, कमलामाई नगरपालिका–१४ घर बताइएकी ऐश्वर्या दाहाल रहेको प्रहरीले जनाएको छ।

advertisement

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार ठगीसम्बन्धी मुद्दामा फरार रहेकी दाहाललाई इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल फिर्ता ल्याइएको हो। उनले भने, “इन्टरपोलको रेड नोटिसपछि उनी खोजतलासमा थिइन्। युएईमा पक्राउ गरी नेपाल ल्याइएको छ र अब सम्बन्धित मुद्दामा कारबाही अघि बढाइनेछ।”

गत चैत २१ गते इन्टरपोल महासचिवालयमार्फत रेड नोटिस जारी भएपछि उनी अन्तर्राष्ट्रिय रूपमा खोजतलासमा परेकी थिइन्। पक्राउ परेकी दाहाललाई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखाले जनाएको छ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com