काठमाडौं । गृह मन्त्रालयले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानबाट हराएका हतियार र खरखजाना फिर्ता गर्न आग्रह गरेको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै ती सामग्री कसैको हातमा परेको भए नजिकैको सुरक्षा निकायमा बुझाउन अनुरोध गरेको हो । प्रहरी प्रशासनले हतियार बुझाउन असोज मसान्तसम्मको समय सीमा तोकेको छ ।
तोकेको समयभित्र हराएका हतियार वा खरखजाना बुझाउने वा त्यसबारे जानकारी दिने व्यक्तिलाई सम्मान प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ । तर, तोकिएको म्यादपछि कसैसँग ती सामग्री फेला परेमा कानुनबमोजिम कडाइका साथ कारबाही गरिने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया