काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी (मेमो) डिजिटल प्रणालीमार्फत स्वीकृति दिने प्रक्रिया सुरु भएको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अब मन्त्रालयमा कागजी प्रक्रियासँगै डिजिटल स्वीकृति प्रणाली लागू हुने उल्लेख गरेका छन् ।

advertisement

‘आजदेखि अर्थ मन्त्रालयका सबै टिप्पणी डिजिटल स्वीकृति प्रक्रियाबाट अघि बढ्छन्,’ मन्त्री खनालले लेखेका छन् ।

नयाँ प्रणाली लागू भएपछि मन्त्रालयभित्र प्रशासनिक कामकाज अझ पारदर्शी र छरितो हुने विश्वास गरिएको छ । साथै, कागजी प्रक्रियामा लाग्ने समय घटेर दक्षता बढ्ने अपेक्षा पनि गरिएको छ ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com