काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बनस्थलीस्थित केन्द्रीय कार्यालयका लागि भाडामा दिइएको घर खाली गर्न घरधनी भरतमणि देवकोटाले आग्रह गरेका छन्।

अमेरिकामा रहेका देवकोटाले लामो समयदेखि भाडा नबुझेको र सुरक्षासम्बन्धी कारण देखाउँदै पार्टीलाई तीन महिनाभित्र भवन खाली गर्न लेखित जानकारी गराएको बताएका छन्। उनका अनुसार १० महिनादेखि भाडा नबुझिएको र पार्टीलाई दिइएको ठूलो सापट रकमसमेत फिर्ता नपाएको गुनासो छ। मासिक ३ लाख ५० हजार रुपैयाँमा भाडा सम्झौता भए पनि त्यसअनुसार रकम नआएको उनको दाबी छ।

advertisement

देवकोटाले घर भाडा र आफ्नो पार्टी संलग्नतालाई फरक–फरक विषय भन्दै रास्वपाले जिम्मेवारीपूर्वक व्यवहार नगरेको आरोप लगाए। उनले भने, “पार्टीमा मेरो संलग्नता छुट्टै कुरा हो, घर भाडा अर्कै विषय हो। तर, पार्टीले त्यसलाई गम्भीरतापूर्वक बुझेन।”

रास्वपाको अनुशासन आयोग प्रमुख रहेका देवकोटा अमेरिका प्रस्थान गरेपछि सो जिम्मेवारी अरूलाई तोकिएको थियो। सुरुवाती चरणमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय सानो भएको भन्दै त्यसलाई देवकोटाको बनस्थलीस्थित घरमा सारिएको थियो।

देवकोटा, सभापति रवि लामिछाने दोस्रोपटक गृहमन्त्री हुँदा उनको विज्ञ सल्लाहकारसमेत बनेका थिए।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com