काठमाडाैं । धनुषामा तीनजना किशोर सवार मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।

गएराति कमला नगरपालिका-२ स्थित खोक्साहा पुल नजिक नम्बर नखुलेको मोटरसाइकल दुर्घटना हुँदा दुई किशोरको मृत्यु भएकाे हाे। दुर्घटनामा परेर अर्का एक किशोर गम्भीर घाइते भएका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत्यु हुनेमा धनुषाकै जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन्।

दुर्घटनामा दुवै किशोरको घटनास्थलमै मृत्यु भएको हो। मोटसाइकलको पछाडि सवार साेही ठाउँका १७ वर्षीय राहुल महतो गम्भीर घाइते भएका छन्। उनको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटना बिहीबार राति साढे १० बजेतिर भएको हो।

कमला नगरपालिका-३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका जाँदै गरेका किशोर दुर्घटनामा परेका हुन्। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीको छ। दुर्घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com