काठमाडौं । देशभरका कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये झन्डै आधा पक्राउ परेका वा आफैं फर्किएका छन्।

कारागार व्यवस्थापन विभागका अनुसार २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ जनामध्ये हालसम्म ८ हजार ५४ जना पुनः कारागारमा आएका छन्। फर्किएकामध्ये ७ हजार ७१३ जना कारागारवासी र ३४१ जना सुधारगृहवासी छन्।

advertisement

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले केही कैदी आफैं फर्किएको र केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारागारमा पुर्‍याएको जानकारी दिए। उनका अनुसार अझै ६ हजार ४९४ जना फरार छन्। तीमध्ये ५ हजार ८७२ जना कारागारबाट र ६२२ जना सुधारगृहबाट भागेका हुन्।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा १३ हजार ५८५ जना कैदी कारागारबाट र ९६४ जना सुधारगृहबाट भागेका थिए। त्यही घटनापछि ठूलो संख्यामा कैदी अझै फरार छन्।

यसबीचमा १० जना कैदीबन्दीको मृत्यु भएको विभागले जनाएको छ। हाल देशभरका कारागार तथा सुधारगृहमा कैदीबन्दीको संख्या २३ हजार ४४६ रहेको छ, जुन आन्दोलनअघि ३० हजार ६४६ थियो।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com