काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार पार्टीलाई राजीनामा पत्र बुझाएको रास्वपाका एक नेताले जानकारी दिएका छन् ।

उक्त नेताका अनुसार अधिकारीले पदप्रति कुनै मोह नराखी स्वेच्छाले राजीनामा दिएका हुन् । उनले भने, ‘डा. अधिकारीज्यू संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पदको लोभ गर्ने व्यक्तित्व होइन । रास्वपामा समृद्धि र विकासको सम्भावना देखेर जोडिनु भएको थियो, तर अहिले कुनै आरोप–प्रत्यारोप नगरी शान्तिपूर्वक राजीनामा दिनु भएको हो ।’

advertisement

यसअघि, जेनजी आन्दोलनपछि पूर्व सहमहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले समेत पदबाट राजीनामा दिएका थिए ।

पार्टी छाड्नेहरुलाई पुनः फर्काउने विषयमा हालै सम्पन्न दुईदिने केन्द्रीय समिति बैठकमा पनि छलफल भएको थियो । केही नेताहरूले कार्यदल बनाएर संवादमार्फत फर्काउने पहल गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com