काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा नियुक्त भएका नवीन न्यौपानेले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली सार्वजनिक गरेका छन्।
आगामी अक्टोबर २६ मा भारतको सिक्किममा निर्धारित मैत्रीपूर्ण खेलका लागि न्यौपानेले पहिलो चरणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा आव्हान गरेका हुन्।
टोलीमा धेरै अनुभवी खेलाडीहरूलाई निरन्तरता दिइएको छ भने हिरा कुमारी भुजेल र दीपा शाहीलाई पुनः राष्ट्रिय टोलीमा फर्किने अवसर प्रदान गरिएको छ। साथै सुशीला चौधरी, लिला जोशी, नेहा चौधरी, सेनु परियार, सुक्रिया मियाँ, पूर्णिमा राई, मीना देउवा र जेनिफर मगरजस्ता युवा खेलाडीले पनि स्थान पाएका छन्।
घोषित टोलीमा अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लिला जोशी, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतीक्षा चौधरी, बिमला बिक, पूजा राना, अमृता जैशी, सजनी थोकर, हिरा कुमारी भुजेल, नेहा चौधरी, बिमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मियाँ, रश्मी घिसिङ, रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, जेनिफर मगर र सावित्रा भण्डारी समावेश छन्।
नेपाल र भारतबीच हुने यो मैत्रीपूर्ण खेललाई दुवै देशका प्रशिक्षकहरूले आगामी प्रतियोगिताको तयारीका रूपमा महत्वका साथ लिएका छन्।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया