काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा जारी रहेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावमाथि विभिन्न १० वटा टोलीका नेताहरूले धारणा राखेका छन् ।

साथै, बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्ने क्रम सकिएको छ । आफ्नो छुट्टै प्रस्ताव राखेका उपमहासचिव शर्माले १० वटा टोलीका नेताहरूको धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखेका छन् । यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले टोलीका नेताहरू र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राख्ने छन् । त्यसपछि अध्यक्ष प्रचण्डले आफ्नो धारणा राखेर बैठक आज नै समापन गरिने बताइएको छ ।

advertisement

प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com