काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी २० सिरिजको पहिलो खेल आज हुँदैछ। यो भिडन्त यूएईको दुवइस्थित सारजहा क्रिकेट मैदानमा साँझ ८ः१५ बजे सुरु हुनेछ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै दुवै टिमले सिरिज जित्ने दाबी गरेका छन्। रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम यूएई पुगेको छ। वेस्ट इन्डिजविरुद्धको यो सिरिज खेल्ने नेपाली टिममा साहब आलम र सन्दीप जोरासमेत समेटिएका छन्। सिरिज जित्ने नेपालको लक्ष्य रहेको कप्तान पौडेलको भनाइ छ। ‘यो सिरिज जित्न हामी यूएई आएका हौँ’, कप्तान पौडेलले भनेका छन्।

advertisement

नेपाल र वेस्ट इन्डिजको सिरिजका अन्य दुई खेल असोज १३ र १४ गते हुनेछन्।

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली खेलाडी
रोहितकुमार पौडेल ९कप्तान०, दीपेन्द्र सिंह ऐरी ९उपकप्तान०, कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम।

 

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com