काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनको राजीनामा मागेका हुन् ।
फेसबुक पोस्टमा उनले लेखेका छन्, ‘सुशिला जी, तपाईंले जेनजीको मर्म अनुसार काम गर्न सक्नुभएन । कृपया राजीनामा दिनुहोस् । म उनीहरूको माग एक–एक गरेर पूरा गर्छु ।’
साम्पाङले यसअघि पनि जेनजी आन्दोलनका मागहरू कार्यान्वयन गर्न आफू सक्षम रहेको दाबी गर्दै प्रधानमन्त्रीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए ।
उनको ताजा अभिव्यक्तिलाई प्रधानमन्त्री कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले आन्दोलनका मागहरू पूरा गर्न ढिलाइ गरेको असन्तुष्टिको रूपमा हेरिएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया