काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक नतिजाअनुसार ८३ हजार ५६४ विद्यार्थी उत्तीर्ण भएका छन् ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार पूरक परीक्षामा सहभागी १ लाख ४३ हजार २५७ विद्यार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण भएका छन् ।
पूरक परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन गरिएको थियो । गत वैशाखमा सम्पन्न नियमित एसईई परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’ पाएका वा ती विषयमा अनुपस्थित विद्यार्थीहरूका लागि यस पूरक परीक्षा सञ्चालन गरिएको बोर्डले जनाएको छ ।
बोर्डले नतिजा अनलाइन प्रणालीमार्फत हेर्न सकिने व्यवस्था समेत गरेको छ ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार












प्रतिक्रिया