काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनले तोकेको सुविधा बाहेकको अतिरिक्त सुविधा जबरजस्ती प्रयोग गर्ने पूर्वपदाधिकारीहरूको विषयमा अर्थ मन्त्रालय सतर्क रहेको बताएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री खनालले जानकारी दिँदै भनेका छन्, ‘कानुनले नदिएको सुविधा जबरजस्ती उपभोग गरिरहनु भएका पूर्वपदाधिकारीले सुविधा फिर्ता गरे–नगरेको कुरा अर्थ मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ।’

advertisement

उनले यस विषयमा मन्त्रालयले आवश्यक कदम चाल्दै आएको र नियमअनुसार अनुगमन प्रक्रियामा ध्यान दिइरहेको पनि बताएका छन्।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com