काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक गतिविधि गर्दै आएका जेन–जी पुस्तालाई आवेगमा नआउन आग्रह गरेका छन्।
शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जेन–जी पुस्तासँग संयम र विवेक अपनाउन सुझाए।
गण २३ र २४ भदौमा भएका प्रदर्शनपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर बालुवाटार छाडेका ओली सार्वजनिक कार्यक्रममा लामो समयदेखिनन देखिएका थिए। आज पहिलोपटक बाहिर निस्किएर उनले आफ्नो धारणा व्यक्त गरे।
ओलीले भने, ‘जेन–जी घरघरमा छन्। केही भाइबहिनीहरू जेन–जी नाममा संगठित भएका छन् र केहीलाई भ्रममा राखिएको छ। तपाईंहरू अझै नयाँ हुनुहुन्छ, जीवन लामो छ। यसरी आगजनी र विध्वंस गर्दै अघि बढ्ने हो भने, होटल र ऐतिहासिक सम्पदा ध्वस्त पार्दै खुशी पाउन सक्नुहुन्छ?’
उहाँले थपे, ‘आवेगमा नआउनुहोस्। संयम र विवेकको साथ अघि बढ्नुहोस्।’
अध्यक्ष ओलीको यो अभिव्यक्तिले युवा पुस्तालाई हिंसा र विध्वंसभन्दा पर रहने सन्देश दिन खोजेको देखिन्छ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया