काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान, प्रवर्द्धन र संवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले ४६औँ विश्व पर्यटन दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र आयवृद्धिको प्रमुख आधार पर्यटन नै हुने उल्लेख गरिन्।
उनले नेपाल अद्वितीय प्राकृतिक सौन्दर्य, जैविक विविधता, बहुजातीय–बहुभाषिक संस्कृति र विश्वप्रसिद्ध हिमालका कारण विश्वभरका पर्यटकलाई आकर्षित गर्ने गन्तव्य बनेको बताइन्।
‘पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन आवश्यक छ,’ सन्देशमा भनिएको छ, ‘सुशासनको आकांक्षासहित भएको जेन–जी आन्दोलनका कारण पर्यटन क्षेत्रमा देखिएको समस्या क्रमशः कम हुँदै गएको छ र तत्काल रिकभरी प्रक्रिया सुरु भइसकेको छ।’
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार













प्रतिक्रिया