काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन्ड चलाएको भन्दै असन्तुष्टि जनाएका छन्।

सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध भ्रमको खेती गरिएको टिप्पणी गरे।

advertisement

उनले भने, ‘विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइहाल्ने प्रवृत्ति बढेको छ। भ्रमको खेती गर्नेहरू लागिरहेका छन्।’

उनले एमाले नेतृत्वको सरकार बनेपछि देश विकासमा ऐतिहासिक काम गरेको दाबी गरे।

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com