काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले ठूला नेताहरू जोडिएको बताइएका विभिन्न काण्डको निष्पक्ष छानबिनको माग गरेका छन्।

रिजालले सामाजिक सञ्जालमार्फत वाइडबडी, नक्कली भुटानी शरणार्थी, यति, ओम्नी, गिरिबन्धु, लडाकु शिविरजस्ता काण्डमा ठूला नेताको नाम जोडिएको प्रचार भइरहेको भन्दै सच्याइ वा निष्पक्ष छानबिन आवश्यक भएको बताएका हुन्। उनले भने, ‘यदि आरोपमा सत्यता भेटिए कानुन बमोजिम कारबाही हुनुपर्छ, नत्र आरोप मात्र लगाउने काम स्थायी रूपमा बन्द हुनुपर्छ।’

advertisement

उनका अनुसार, अहिले दलहरू सरकारमा नभएको हुँदा अन्तरिम सरकारले दबाब र प्रभावबाट मुक्त भएर यस्ता विषयमा निर्णय गरे देशको हित हुने छ। रिजालले यसलाई देशमा कानुन र न्यायको शासन स्थापित गर्ने अवसरका रूपमा हेरिरहेका छन्।

उनले थपे, ‘ठूला नेतासँग जोडिएको बताइएका यी काण्डहरूको निष्पक्ष छानबिन हुनु आवश्यक छ। सत्य पाए कानुनअनुसार कारबाही, नत्र आरोप मात्र लगाउने काम बन्द गरिनुपर्छ। यस्तो कार्य अन्तरिम सरकारले गर्न सके देशको हितमा हुनेछ।’

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com